विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा « Khabarhub

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति दिनानुदिन न्यून हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार च्यासलमा एमालेले गरेको कार्यक्रममा सहभागी रिजालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कार्यक्रममा सहभागी भएपछि फेसबुकमा टिप्पणीसहित लेखेका, ‘पहिले–पहिले बुढापाका भेटिए हतार–हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो। अहिले त्यसरी आसनग्रहण गराउन पनि युवा भेटिँदैनन् । जेन–जी पुस्ता त परको कुरा।’

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि एमालेले पहिलो पटक सार्वजनिक कार्यक्रम आयोजना गरेको हो।

तर उक्त कार्यक्रममा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहे। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका नेताहरू उपस्थित थिए।

रिजालको टिप्पणीले एमालेभित्र युवाको आकर्षण र सहभागिताबारे प्रश्न उठाएको छ। हालको राजनीतिक घटनाक्रममा जेन–जी पुस्ताको सक्रियता बढ्दै गएको चर्चा भइरहेका बेला एमालेको कार्यक्रममा युवाको न्यून उपस्थिति देखिनु पार्टीका लागि चुनौतीको संकेत मानिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ०८ बजे

रास्वपा केन्द्रीय सदस्यमा ३८४ उम्मेदवार, दाबी–विरोध प्रक्रिया सुरु

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स

काठमाडौं – बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा

जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे

विराटनगर- कोशीको राजधानी सहर विराटनगरस्थित परोपकार घाटमा मध्यराति नग्न नृत्यमा

प्रदेश संरचनाबारे रास्वपामा बाझियो मत : रवि पक्षमा उभिँदा स्वर्णिम भन्छन्, ‘खारेज गरौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रदेश संरचनाको

काठमाडौंमा फेसलेस ट्राफिक प्रणाली विस्तार गरिने

काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको फेसलेस