सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा « Khabarhub

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको प्रतीकका रुपमा रहेका सरकारी संरचना जलाउनेलाई अराजकको संज्ञा दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्दान समितिको बैठक सयौँ सरकारी संरचना र नीजि घरसमेत जलाउनेलाई अराजकको संज्ञा दिएको हो ।

‘जोकसैलाई पनि शान्तिपूर्ण विरोध प्रदर्शनलाई विरोध गर्न पाउने हक थियो । तर हिंसात्मक आन्दोलनका क्रममा धेरैको मृत्यु भयो, कयौँ घाइते भए । सरकारले घाइतेको नि:शुल्क उपचार गर्नुपर्छ । उक्त घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ’, कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘आपराधिक समूहद्वारा सिंहदरबारसहित कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा गम्भीर आक्रमण भएको छ। नेताका घर सार्वजनिक र निजी संरचाामा गरिएको तोडफोड र आगजनीप्रति कांग्रेसले निन्दा गरेको छ।’

कांग्रेसले यस प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन गर्न माग पनि गरेको । आगजनी र तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउनै पर्ने माग कांग्रेसले गरेको हो ।

‘वर्तमान राजनीतिक समस्याको निकास यही संविधानबाट खोजिनुपर्छ । उत्पन्न जटिलताको निकास यही संविधानबाट निकाल्नुपर्छ’, विश्वकर्माले भने, ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसले अन्य दलसँग संवाद गर्छ ।’

भदौ २३ र २४ गते प्रदर्शनमा उत्रिएका जेन-जीका जायज मागलाई आत्मसात गर्दै विधिवत रुपमा सम्बोधन गर्न कांग्रेस तयार रहेको उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : १४ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित