सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा « Khabarhub

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको प्रतीकका रुपमा रहेका सरकारी संरचना जलाउनेलाई अराजकको संज्ञा दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्दान समितिको बैठक सयौँ सरकारी संरचना र नीजि घरसमेत जलाउनेलाई अराजकको संज्ञा दिएको हो ।

‘जोकसैलाई पनि शान्तिपूर्ण विरोध प्रदर्शनलाई विरोध गर्न पाउने हक थियो । तर हिंसात्मक आन्दोलनका क्रममा धेरैको मृत्यु भयो, कयौँ घाइते भए । सरकारले घाइतेको नि:शुल्क उपचार गर्नुपर्छ । उक्त घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ’, कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘आपराधिक समूहद्वारा सिंहदरबारसहित कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा गम्भीर आक्रमण भएको छ। नेताका घर सार्वजनिक र निजी संरचाामा गरिएको तोडफोड र आगजनीप्रति कांग्रेसले निन्दा गरेको छ।’

कांग्रेसले यस प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन गर्न माग पनि गरेको । आगजनी र तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउनै पर्ने माग कांग्रेसले गरेको हो ।

‘वर्तमान राजनीतिक समस्याको निकास यही संविधानबाट खोजिनुपर्छ । उत्पन्न जटिलताको निकास यही संविधानबाट निकाल्नुपर्छ’, विश्वकर्माले भने, ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसले अन्य दलसँग संवाद गर्छ ।’

भदौ २३ र २४ गते प्रदर्शनमा उत्रिएका जेन-जीका जायज मागलाई आत्मसात गर्दै विधिवत रुपमा सम्बोधन गर्न कांग्रेस तयार रहेको उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : १४ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु