गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ « Khabarhub

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई आमूल परिवर्तन गरेर मात्र वर्तमान चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी निर्वाह गर्न सकिने बताएका छन्।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आत्मसमीक्षा र पुनर्गठनको खाँचो औंल्याउँदै नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारे।

थापाले नेपाली कांग्रेस अहिले ‘घाइते’ अवस्थामा रहेको भन्दै पनि यसको जिम्मेवारी झन् ठूलो रहेको उल्लेख गरेका छन्। थापाले अहिले पार्टीले पाँचवटा दायित्व पूरा गर्नुपर्ने पनि बताएका छन् ।

१) भदौ २३ र २४ गतेको युवा आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दायित्व,

२) आन्दोलनका क्रममा भएको धनजनको क्षति छानबिन गरी दोषीलाई कारबाही गर्ने र पुनर्निर्माण गर्ने दायित्व,

३) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्ने दायित्व,

४) अहिंसा, नागरिक स्वतन्त्रता र विधिको शासनजस्ता मूल्य–मान्यताको संरक्षण गर्ने दायित्व,

५) र, पार्टीलाई पुनर्गठन गर्ने दायित्व।

उनले बैठकमा विगतका गल्ती स्वीकार्दै, विधिसम्मत तरिकाले पार्टीमा आमूल परिवर्तन गर्नुपर्ने बेला आएको कुरामा पनि जोड दिएका छन् ।

थापाले सारेका दुई विकल्प

नियमित महाधिवेशन : विधानअनुसार हालको कार्यसमितिको कार्यकाल मंसीरमा सकिने भएकाले त्यही बेलामै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने।

विशेष महाधिवेशन : अहिलेको विशेष परिस्थितिमा केन्द्रीय कार्यसमितिले तत्काल विशेष महाधिवेशनको निर्णय गरेर तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने।

उनले त्यसक्रममा भने, ‘तत्काल पार्टी पुनर्गठनका लागि यी दुईभन्दा अर्को विकल्प छैन । आगामी बैठकले यस विषयमा निर्णय लिनै पर्छ।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : १६ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु