पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ « Khabarhub

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १० रुपैयाँका दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।
 
‘जेन-जी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उनले पार्टीको कार्यालय पुनः निर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गरे ।

उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण गर्न सकिने धारणा राखे  । 

‘देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा १० रुपैयाँ सङ्कलन अभियान गर्ने र धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन् । यसरी अगाडि बढियो भने पार्टीको केन्द्रीय कार्यालय पनि निर्माण हुन्छ । सबैको अपनत्व पनि हुन्छ’, उनले भने । 
   
उपसभापति गुरुङले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएको सुझावअनुसार पार्टी अगाडि बढ्नुपर्ने बताए । 

आफूले पटक पटक २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै उनले त्यसो गरेको भए हालको अवस्था सिर्जना नहुने जिकिर गरे  । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ३४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक