जेन–जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन « Khabarhub

जेन–जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेका छन् । १ हजार ५ सय ६० वटा भवनमा भने आंशिक क्षति पुगेको छ ।

प्रहरी मातहतका १ सय ९७ वटा कार्यालय पूर्ण र २ सय ५८ मा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताएका छन् ।

‘२ सय १० वटा सरकारी भवन पूर्ण रूपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ । यस्तै ४५ वटा पाटी कार्यालय पूर्ण र १ सय ७४ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै ९७ वटा आवासीय तथा व्यापारिक भवनमा पूर्ण क्षति भएको छ भने २ सय ९२ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्,’ उनले बताए । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : २८ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली