जेन–जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन « Khabarhub

जेन–जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेका छन् । १ हजार ५ सय ६० वटा भवनमा भने आंशिक क्षति पुगेको छ ।

प्रहरी मातहतका १ सय ९७ वटा कार्यालय पूर्ण र २ सय ५८ मा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताएका छन् ।

‘२ सय १० वटा सरकारी भवन पूर्ण रूपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ । यस्तै ४५ वटा पाटी कार्यालय पूर्ण र १ सय ७४ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै ९७ वटा आवासीय तथा व्यापारिक भवनमा पूर्ण क्षति भएको छ भने २ सय ९२ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्,’ उनले बताए । 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : २८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक