छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई « Khabarhub

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गोरखा– संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन् । 

गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गरेका हुन्  । 

सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी द्वितीय भएका छन्  । सनम गुरुङले सोही दूरी १९ मिनेट १९ सेकेण्डमा पार गर्दै तृतीय भए भने १९ मिनेट ४४ सेकेण्डमा पार गर्दै प्रवीन थापाले सान्त्वना स्थान हासिल रेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

क्लबले प्रथम हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई तीन हजार मेडल र प्रमाण, तृतीय हुनेलाई दुई हजार नगद, मेडल र प्रमाण प्रदान गरेका छन् भने सान्त्वना हुनेलाई रु एक हजार पुरस्कार प्रदान गरेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

विजेता धावकहरूलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका लियो क्लब अफ गोरखाका सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट तीन सय २५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लायन्स क्लब अफ गोरखाका अध्यक्ष अयोध्या जोशीले पुरस्कार प्रदान गरेका थिइन् । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : २३ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली