सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन « Khabarhub

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २० स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले आठ स्थानमा पसल सञ्चालन गरेको जनाइएको छ ।
 
खाद्य व्यवस्था लिमिटेडको प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले भने, ‘हामीले सुपथ मूल्यका पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउनेछौँ । गत भदौ ३० गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आएका हुन् ।’

उनका अनुसार कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद बिक्री केन्द्रमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो । 

बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्रमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् । 

दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्र र अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर, कमल बजार खरिद बिक्री केन्द्रबाट सेवा सुरु भएको प्रमुख थापाले जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रदेश कार्यालय प्रमुख तेजबहादुर कुवँरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए । उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्यका पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेल चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताए । 

डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्यका पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ । रासस
 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ३२ बजे

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म

चम्पादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त