आँखा शिविरबाट तीन सयजना लाभान्वित « Khabarhub

आँखा शिविरबाट तीन सयजना लाभान्वित


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।

शिविरमा धवलागिरि–७ ताकमका साथै धवलागिरि–२ लुलाङ, वडा नम्बर ३ मुना र वडा नम्बर ४ खिबाङका सर्वसाधारणले समेत आँखा जाँच गराएर उपचार सेवा लिएको जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिए । ग्रामीण भेगका सर्वसाधारण नागरिकलाई आँखासम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिनका लागि सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको उनले बताए ।

शिविरमा नेत्र अधिकृतद्धय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो । गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयवासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरि–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रीले युवाको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा रचनात्मक कार्य गरी आफूलाई स्थापित सामाजिक संस्थाका रूपमा अग्रसरता लिएकोमा जोड दिए ।

नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अङ्ग भएकाले यसको सुरक्षाको सन्देश र आँखाको समस्यासम्बन्धी उपचार सेवा दिन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । (रासस)

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : ५० बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले