कांग्रेसको असन्तुष्ट पक्षले भन्यो- विशेष महाधिवेशन सम्भव नभए फागुनअघि नै नियमित महाधिवेशन गरौँ « Khabarhub

कांग्रेसको असन्तुष्ट पक्षले भन्यो- विशेष महाधिवेशन सम्भव नभए फागुनअघि नै नियमित महाधिवेशन गरौँ


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई धकेल्न खोजेको आशंकासमेत गरेका छन् ।

वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नेतर्फ उद्यत् देखिएको उनीहरूले लगाएका छन् ।

कांग्रेस नेता गुरू घिमिरेले विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिमा निहीत रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने छुट कसैलाई नभएको बताए ।

प्रतिनिधि सभाको निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत् नयाँ नीति र नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको उनले जानकारी दिए ।

घिमिरेले विशेष महाधिवशेन नभए नियमित महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी विधानको मूल भावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यले आफ्ना धारणा राखेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न उनीहरूले आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : १० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको