हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत « Khabarhub

हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गरेका छन् । 

आइतबार उनले आयोगमा गएर श्रम संस्कृत पार्टीको सनाखत गरेका हुन् ।  साम्पाङले यसअघि असोज १२ गते नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका थिए । 

उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएपछि आइतबार सनाखत गरेका हुन् । तर उक्त पार्टीको कार्यनीति र नेताहरू को-को छन् भन्ने उनले केही पनि खुलाएका छैनन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए । धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन् ।

२०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले लौरो चुनाव चिह्नबाट जित निकालेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै