सर्लाहीको रवि चोकबाट शंकास्पद विलविजकसहित दुई वटा ट्रक नियन्त्रणमा « Khabarhub

सर्लाहीको रवि चोकबाट शंकास्पद विलविजकसहित दुई वटा ट्रक नियन्त्रणमा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जिल्लाको बरहथवा नगरपालिका–९ रवि चोकबाट कार्तिक १ गते सशस्त्र प्रहरीले शंकास्पद विलविजक भएको ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पातीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

म.प्र.०३.००२ ख ३६४१ र प्र. १.०१.००१ख ४४०१ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको नास्पातीको विलविजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।

साथै उक्त ट्रकका चालक सोही ठाउँ बस्ने देव श्रेष्ठ र भीम बहादुर उप्रेतीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको विशेष अनुगमन टोलिले सुरक्षा वेश सुन्दरपुर चोहर्बा समेतको सहयोगमा  नियन्त्रणमा लिएको हो । सो नास्पाती भारततर्फ लैजान लागिएको आशंका गरिएको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद नास्पाती तथा ट्रकसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

उक्त नास्पातीको मूल्य ३२ लाख ८९ हजार र दुवै ट्रकको मूल्य ५० लाखसहित भन्सार दाखिला मूल्य जम्मा ८२ लाख ८९ हजार रुपैयाँ कायम गरी बुझाइएको छ ।  

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ३९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि