प्रेस काउन्सिलले आचारसंहिता एवं मिडिया अनुगमनलाई प्रभावकारी बनाउने « Khabarhub

प्रेस काउन्सिलले आचारसंहिता एवं मिडिया अनुगमनलाई प्रभावकारी बनाउने


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति काउन्सिलले प्रस्तावित कार्ययोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ । 

काउन्सिलका पदाधिकारी,कर्मचारीसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो ।

काउन्सिलको प्रस्तावित कार्ययोजना ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले काउन्सिलको अनुगमन कार्यलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

उनले अनुगमन, तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे । प्रस्तावित कार्ययोजना अनुरूप कात्तिकसम्म विशेष अनुगमन, मङ्सिरदेखि तथ्य जाँच तथा आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सन्दर्भमा विशेष अनुगमन गरिनेछ । 

अनुगमन कार्यका लागि आवश्यक प्रस्तावित बजेट र कार्यक्रम ढाँचा पनि काउन्सिलले बुझाएको छ । काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार काउन्सिलको आचारसंहिता सम्बन्धी अनुगमनलाई विशेष रुपमा अनुगमन गर्न, तथ्य जाँच र सरकारले निर्वाचन सफल पार्ने लक्ष्यमा निर्वाचन सम्बन्धी आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रस्तावित कार्ययोजना पेस गरिएको छ । 

सञ्चारमन्त्री खरेलले हालै काउन्सिलको भ्रमणको सिलसिलामा काउन्सिलको कामलाई गतिशील र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना ल्याउन काउन्सिललाई निर्देशन दिए । सोही अनुरूप काउन्सिलले कार्ययोजनासहित आफ्नो सक्रियता बढाएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ३२ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र