नेप्से परिसूचक १६ अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ ।
आज विकास बैंक समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न
लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी
केराका थामबाट अतिरिक्त आम्दानी
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन
गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म छ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा छ करोड १० लाख रुपैयाँ सङ्कलन भएको हो ।
जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न सङ्घसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो ।
माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आइतबार प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाइमार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको महानिर्देशक अधिकारीले जानकारी दिए ।
गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन
खाँदबारी-किमाथाङ्का सडक सञ्चालन
लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु
जनताको सहयोगमा ध्वस्त संरचना बनाउने सरकारी प्रयास असफल, तीन हप्तामा उठ्यो ६ करोड
जेन–जी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट १ हजार ४६ वटा सरकारी संरचनामा क्षति पुगेको छ । जसमध्ये २ सय १० वटा कामै नलाग्ने गरी जलेको प्रहरी प्रधान कार्यालयको रेकर्ड छ ।

तिनै संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारमा जनतामाझ सहयोगको अपिल गर्दै सरकारले ‘हाम्रा संरचना हामी आफैँ बनाऔं’ भन्ने नारासाथ असोज ९ गते ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ खडा गर्यो । आइतबार अर्थात कोष खडा गरिएको २४औँ दिनसम्म करिब ३ सय योगदानकर्ताबाट जम्मा ६ करोड १० लाख २ सय ६८ रुपैयाँरकम संकलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताएका छन् ।
‘कोषमा व्यक्तिबाट १ रुपैँयादेखि २ करोडसम्म योगदान आएको बैंक स्टेटमेन्टमा देखिएको छ । यसमध्ये ठूला योगदानकर्तामा सर्वाधिक नेपाल विद्युत प्राधिकरण २ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्स एक करोड ५० लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैँक लिमिटेड एक करोड र नेपाल वनस्पति घिउ तेल उत्पादक संघबाट ५० लाख रुपैयाँ सहयोग जम्मा भएको छ,’ प्रवक्ता पाण्डेले बताए ।
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना
प्रतिक्रिया