जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन « Khabarhub

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ।

आइतबार पार्टीका अध्यक्ष हिरा प्रसाद सेती उर्फ किरण विकले आवश्यक कागजातसहित आयोग पुगेर दल दर्ताको निवेदन बुझाएका हुन्। अध्यक्ष विकका अनुसार आयोगले निवेदन दर्ता गरिसकेको छ र सनाखतका लागि एक हप्तापछि बोलाउने तयारी गरेको छ।

निर्वाचन आयोगले ‘जेन–जि’ नामबाट दल दर्ता गर्न दिने कि नदिने भन्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ।

अध्यक्ष विकका अनुसार पार्टी दर्ताका लागि २१ सदस्यीय पदाधिकारी समिति गठन गरिएको छ। जसमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव र सञ्जु नेपाली सचिवका रूपमा रहेका छन्।

उनका अनुसार पार्टीले चुनाव चिह्नका रूपमा क्रस खुकुरी प्रस्ताव गरेको थियो। तर आयोगले उक्त चिन्ह नेपाली सेनाको प्रतीकसँग मिल्दोजुल्दो भएको भन्दै पुनर्विचार गर्न सुझाव दिएको छ।

यसअघि गत असोज २२ गते बसेको पार्टीको केन्द्रीय बैठकले सेतीलाई प्रमुख पदाधिकारी तोक्दै दल दर्ता प्रक्रियाको सम्पूर्ण जिम्मेवारी र अख्तियारी प्रदान गरेको थियो।

राष्ट्रिय जेन–जि पार्टी नेपालले नयाँ पुस्ताको सोच, पारदर्शिता र निष्ठामा आधारित राजनीति गर्ने लक्ष्य लिएको बताएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १० : १७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र