एमाले नेता रोकिएकोबारे रास्वपाले भन्यो : निर्वाचन गर्ने भए राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्छ « Khabarhub

एमाले नेता रोकिएकोबारे रास्वपाले भन्यो : निर्वाचन गर्ने भए राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्छ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कलैया (बारा) – नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जिल्लामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिमरा हुँदै आउने क्रममा बुधबार दिउँसो तनाव उत्पन्न भएको छ।

सिमरा विमानस्थलमा जेन–जीको नाम लिएर एक समूहले तोडफोड तथा प्रदर्शन गरेपछि स्थिति केही समय नियन्त्रणबहिर पुगेको थियो। प्रदर्शनकारी र प्रहरीले एकअर्कामाथि ढुंगामुढा र धकेलाहेले गर्दै झडपसमेत भयो।

झडपकै बीच काठमाडौंबाट सिमरा उड्न लागेको बुद्ध एयरको जहाज पनि केही समय रोक्नु परेको थियो। सुरक्षाको संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गर्‍यो।

यही घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। रास्वपा प्रवक्ता मनिष झाले एमाले नेताहरूलाई रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई गतिविधि गर्न पाउनुपर्ने बताए।

उनले निर्वाचन नजिकिँदै गर्दा वातावरण बनाउन सबै दललाई कार्यक्रम गर्न पाउने स्वतन्त्रता सुनिश्चित हुनु जरूरी भएको बताए।

रास्वपाले भनेको छ, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ४३ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा