कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’  « Khabarhub

कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आज १०१ सदस्यीय कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।

पार्टीभित्र आमूल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

उक्त समितिले खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गरेको छ । 

पाटीभित्र विधानको संशोधन, लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुआती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको रिमालले बताए। 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ०६ बजे

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न