कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’  « Khabarhub

कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आज १०१ सदस्यीय कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।

पार्टीभित्र आमूल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

उक्त समितिले खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गरेको छ । 

पाटीभित्र विधानको संशोधन, लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुआती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको रिमालले बताए। 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ०६ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष