उच्छृङ्खल गतिविधि भएमा सहायता कक्षमा जानकारी दिन गृहको अनुरोध « Khabarhub

उच्छृङ्खल गतिविधि भएमा सहायता कक्षमा जानकारी दिन गृहको अनुरोध


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि भएमा वा कुनै समस्या परेमा गृह मन्त्रालयले स्थापना गरेको सहायता कक्षमा जानकारी दिन अनुरोध गरेको छ । 

गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले शान्ति सुरक्षा कायम गर्न र नागरिकको समस्या सम्बोधनका लागि उक्त अनुरोध गरिएको बताए।

उनले मन्त्रालयले सार्वजनिक गरेको सहायता कक्षको मोबाइल नम्बर ९८५१३६०६०३ मार्फत फोन, एसएमएस, ह्वाट्सएप, भाइबरबाट जानकारी दिन सकिने पनि बताए। 

सूचनामा भनिएको छ, ‘जेन-जीद्वारा भएको प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधि भए-गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ५४ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष