आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण « Khabarhub

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार चार सय ४२, भदौमा सात सय ७९ र साउनमा ७६ जना पर्यटक मनासलु क्षेत्र भ्रमण गर्न आएका हुन् । ‘साउनदेखि कात्तिकसम्ममा आठ हजार पाँचसय ४४ जना आएकोमा एकसय ४२ जना नेपाली पर्यटकहरु हुनुहुन्छ । बाँकी सबै विदेशी पर्यटक हो’, उनले भने । यसअघि विदेशी पर्यटकको मात्र विवरण संकलन गर्ने गरेको एमक्यापले यस आर्थिक वर्षबाट भने नेपाली पर्यटकहरुको विवरण समेत राख्न सुरु गरेको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा मनासलु क्षेत्रमा अहिलेसम्मकै धेरै १२ हजार ५१२ जना पर्यटक भित्रिएकोमा त्यो रेकर्ड यो वर्ष टुट्ने एमक्यापको अनुमान छ । ‘चार महिनामै आठ हजार बढी पर्यटक आइसकेका छन, यो आर्थिक वर्ष १५ हजारभन्दा बढी पर्यटक भित्र्न्छ भन्ने हाम्रो अनुमान छ’, उनले भने, ‘स्रोत साधनको प्रयोग गरेर पर्यटकहरुको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनासलु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ मनासलुमा हरेक वर्ष उल्लेखनिय रुपमा पर्यटकको सङख्या बढ्दै गएको उनको भनाई छ ।

एमक्यापको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ७८२ जना पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ७०५ र आर्थिक वर्ष ०७८/०७९ मा २ हजार २८४ जना पर्यटकले मात्र उक्त क्षेत्र भ्रमण गरेका थिए । वर्षेनी पर्यटकको सङख्यामा बृद्धि हुदैँ जानु सुखद पक्ष भएको एमक्याप प्रमुख शेरचनले बताउनु भएको छ । सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या २०७७/०७८ मा सबैभन्दा कम अर्थात जम्मा एकसय ९४ जना, आर्थिकवर्ष २०७६/०७७ मा ५ हजार ३३८ र २०७५/०७६ मा ७ हजार ६५५ जना रहेको थियो ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्टूका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्टूका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ । पर्यटकले काठमाडौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनु पर्ने प्रावधान छ । यी दुबै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ । नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति एकसय रुपैँया प्रवेश शुल्क तोकिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ११ : ०९ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब