आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १९ तारिख । पौष कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।  

वृष : दिन सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा मिहेनत गरेमा सफलता हात लाग्नेछ । स्वदेशमा रोजगारीको विकल्प देखिनेछन् ।

मिथुन : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ । पठनपाठनमा मन जानेछ । घरको वातावरण शान्त बन्नेछ ।

कर्कट : दिन राम्रो छ । परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । रोगले सताउने जोखिम छ । पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : खर्च बढ्नेछ । असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ । विदेशको मोह त्यागेर स्वदेशमा मिहेनत गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : स्वास्थ्यले साथ दिनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । कृषिमा  दूधको व्यापार गर्नु फाइदा हुनेछ । दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

तुला : शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ । आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ । बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  

धनु : स्वास्थ्यामा सुधार हुनेछ । समाजसेवाको अवसर मिल्नेछ । मनमा अशान्ति बढ्नेछ । परिवारबाट अपमानित भएको महसुस हुनेछ ।

मकर : दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । आफ्ना प्रतिस्पर्धीले खुट्टा तान्नेछन् । शिक्षाको क्षेत्रका आलस्यता बढ्नेछ ।

कुम्भ : दिन राम्रो छ । स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । घुमफिरको योजना बन्नेछ । सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ । राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : १३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा