रवि लामिछाने आज छुट्ने « Khabarhub

रवि लामिछाने आज छुट्ने

रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने भएपछि बिहीबार थुनामै


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।

ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएका छन् ।

रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो।

पूर्जी लिन शुक्रबार रवि भोलि भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : १५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन