समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल « Khabarhub

समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।

आजपा सहअध्यक्ष तिलक थापामगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन् । तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको नामावली छनोटका लागि कार्य गर्ने छ ।

पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्धारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्ने लगायतका मापदण्ड अनुसार समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रविन्द्र सिंहले जनाएका छन् ।

यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्न समेत निर्देशन दिएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार छनोट बारेमा बैठकले निर्णय गरेको हो।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ०२ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ