रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ « Khabarhub

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

‘राजनीतिमा आएकै कारण प्रतिशोधको सिकार बने’


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले उनी राजनीतिक प्रतिशोधको सिकार भएको बताएकी छन् । रवि राजनीतिमा नगएको भए यो अवस्था नआउने भन्दै उनले यस्तो बताएकी हुन् । पत्नी पौडेलले यो बिचमा धेरै दुःख खेपेको भन्दै बेइमानको रजगजमा नखाएको विष लागेको बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। केही समय लाग्यो। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के–के खेपियो’खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुस्ख(हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।’

उनले अझै कानुनी लडाइँ जारी रहेको बताएकी छिन् ।

सहकारी ठगीमा जेल परेका लामिछाने उच्च अदालत बुटवलको बिहीबारको आदेशअनुसार शुक्रबार रिहा हुँदैछन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १० : ०८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले