रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ « Khabarhub

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

‘राजनीतिमा आएकै कारण प्रतिशोधको सिकार बने’


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले उनी राजनीतिक प्रतिशोधको सिकार भएको बताएकी छन् । रवि राजनीतिमा नगएको भए यो अवस्था नआउने भन्दै उनले यस्तो बताएकी हुन् । पत्नी पौडेलले यो बिचमा धेरै दुःख खेपेको भन्दै बेइमानको रजगजमा नखाएको विष लागेको बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। केही समय लाग्यो। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के–के खेपियो’खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुस्ख(हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।’

उनले अझै कानुनी लडाइँ जारी रहेको बताएकी छिन् ।

सहकारी ठगीमा जेल परेका लामिछाने उच्च अदालत बुटवलको बिहीबारको आदेशअनुसार शुक्रबार रिहा हुँदैछन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १० : ०८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर