नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा « Khabarhub

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञहरूको सुझावलाई प्राथमिकतामा राखेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण जनतामा असन्तुष्टि बबढ्ने गरेको भन्दै नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञहरूको सुझावलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले जनतामा निरन्तर असन्तुष्टि बढेकै कारण जेन-जी आन्दोलन भएको बताए । आगामी निर्वाचनसम्म सुशासन र सेवा प्रवाहमा ठोस सुधार ल्याई सकारात्मक वातावरणसहित जिम्मेवारी हस्तान्तरण गर्नु वर्तमान सरकारको दायित्व भएको उनले बताए । उनले अबको निर्वाचनमा विज्ञहरूको सुझाव मानेर काम गर्ने जनप्रतिनिधिलाई चयन गर्न आग्रह समेत गरे ।

मन्त्री सिन्हाले पहुँचका आधारमा बजेटमा योजना पार्ने प्रवृत्तिलाई अन्त्य गर्न  सरकारले यस्ता योजना तथा कार्यक्रम कटौती गरेको बताए

कार्यक्रममा विज्ञहरूले सार्वजनिक खर्चलाई परिणाममुखी, पारदर्शी र जबाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ३२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन