काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञहरूको सुझावलाई प्राथमिकतामा राखेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण जनतामा असन्तुष्टि बबढ्ने गरेको भन्दै नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञहरूको सुझावलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले जनतामा निरन्तर असन्तुष्टि बढेकै कारण जेन-जी आन्दोलन भएको बताए । आगामी निर्वाचनसम्म सुशासन र सेवा प्रवाहमा ठोस सुधार ल्याई सकारात्मक वातावरणसहित जिम्मेवारी हस्तान्तरण गर्नु वर्तमान सरकारको दायित्व भएको उनले बताए । उनले अबको निर्वाचनमा विज्ञहरूको सुझाव मानेर काम गर्ने जनप्रतिनिधिलाई चयन गर्न आग्रह समेत गरे ।
मन्त्री सिन्हाले पहुँचका आधारमा बजेटमा योजना पार्ने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले यस्ता योजना तथा कार्यक्रम कटौती गरेको बताए
कार्यक्रममा विज्ञहरूले सार्वजनिक खर्चलाई परिणाममुखी, पारदर्शी र जबाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए ।













प्रतिक्रिया