एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली « Khabarhub

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा असाधारण जिम्मेवारी रहेको बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गरे । उनले पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि  आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए। 

‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार अगाडि बढ्ने छौँ । बेतालमा, बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ’, अध्यक्ष ओलीको भनाइ थियो ।  

उनले पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न र केही, असहमति र असन्तुष्टि भए नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्न आग्रह गरे । 

‘समाज र सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य छ । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य छ । यसमा हामी सबै जिम्मेवार ढङ्गले सचेत रहनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी होइन । सामूहिक प्रयास र हितकाविरुद्ध मेरो निजी कुरा भनेर चल्न मिल्दैन । अब पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने छ ।’

एमालेकाविरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गरे । अब एमालेभित्र कुनै गुट र प्यानल नभएको भन्दै अध्यक्ष ओलीले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे । 

हाल देश अप्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो अप्ठेरोबाट सहज बाटोमा ल्याउने काम एमालेले नै गर्ने जिकिर गरे ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ०७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन