चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो « Khabarhub

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगिएको छ ।

मौसमको खरावीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलस्थलमा समयमा नै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर विमानस्थल र त्यहाँबाट सडकमार्ग हुँदै भैरहवा लगिएको हो । 

भरतपुर विमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरूले चितवनमा रविको पक्षमा नाराबाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि रवि रिहा हुने बताइएको छ ।

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताए । 

तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका विज्ञप्तिमा उल्लेख छ । 

कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने अर्यालले जनाएका छन् । 
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : १४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन