चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो « Khabarhub

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगिएको छ ।

मौसमको खरावीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलस्थलमा समयमा नै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर विमानस्थल र त्यहाँबाट सडकमार्ग हुँदै भैरहवा लगिएको हो । 

भरतपुर विमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरूले चितवनमा रविको पक्षमा नाराबाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि रवि रिहा हुने बताइएको छ ।

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताए । 

तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका विज्ञप्तिमा उल्लेख छ । 

कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने अर्यालले जनाएका छन् । 
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : १४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा