दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने « Khabarhub

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नीति बनाएर पत्रकारका पक्ष काम गर्नुपर्ने बताइन् । 

नागरिकले  सोसल मिडियामा आउने गलत कुरालाई विश्वास गर्न नहुने र तथ्य जाँच गरेर मात्र सुसूचित हुनुपर्ने उनको भनाइ छ । महिला पत्रकारलाई चुनौती भए पनि पत्रकारिता पेसालाई निरन्तरता दिन प्रयास गरिरहनु पर्नेमा उनले जोड दिइन्  ।

पत्रकार महासङ्घ  दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले चौथो अङ्गलाई  पहिलो बनाउन भौतिक विकास गरेर मात्र नहुने भन्दै ज्ञानलाई पहिलोमा राख्नुपर्ने बताए । देश विकासका लागि पत्रकार विभाजित नभई अघि बढ्नुपर्ने र पत्रकारितालाई बचाउन सबै जिम्मेवार बन्नुपर्ने धारणा राखे ।   

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले पत्रकारको सुरक्षा र रोजगारको ग्यारेन्टी हुनुपर्ने तथा  शक्तिको आडमा पत्रकारको घाँटी निमोठ्ने काम गर्न नहुने बताइन्  । उनले घोराही उपमहानगरपालिका सधैँ साथमा रहेको बताइन् । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारले आफूलाई सुधार गरेर काम गर्नुपर्ने र पहिलो अङ्गका रूपमा पत्रकार स्थापित हुनुपर्ने बताए ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईँले  केही गलत काम गरेका पत्रकारका कारण अन्य पत्रकारलाई सम्मान नगरेको बताए  । 

नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत १६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ५८ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा