सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय « Khabarhub

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उमेदवारका लगि आएका नामहरूलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि कांग्रेस उमेदवार सिफारिस जिल्लाहुँदै प्रदेशमा पुगेको छ ।

ती नामहरूको विषयमा छलफल गर्ने मुख्य एजेण्डासहित बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले क्षेत्रहरूबाट आएका नामहरूलाई सर्वसम्मत रूपमा केन्द्रमा पठाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जिल्ला तथा क्षेत्रबाट आएका नामहरूलाई सर्वसम्मत रूपमा केही कैफियतसहित केन्द्रमा पठाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार बैठकले सबै जिल्लाबाट प्राप्त राय तथा सुझावलाई समेटेर केन्द्रीय नेतृत्वसमक्ष पठाउने निष्कर्ष निकालेको हो । ‘जिल्ला–क्षेत्रबाट आएका नामहरूलाई सर्वसम्मत रूपमा, आवश्यक कैफियतसहित माथि पठाउने निर्णय गरियो,’ सभापति पुनले भने ।

बैठकमा नेपाली कांग्रेसको विधानसम्बन्धी विषयमा पनि छलफल भएको थियो । त्यस्तै, युवाहरूलाई पार्टी गतिविधिमा सहभागी गराउने, क्रियाशील सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णय पनि गरेको छ । त्यस्तै, २६ वटै निर्वाचन क्षेत्रमा सदस्यता वितरणको अनुगमनका लागि प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ०७ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा