बङ्गलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग « Khabarhub

बङ्गलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ढाका – गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनकारीहरूले शुक्रबार लगातार दोस्रो दिन बङ्गलादेशभर ¥याली निकालेका छन् ।

बिहीबार ३२ वर्षीय विद्यार्थी नेता सरिफ उस्मान हादीको सिङ्गापुरस्थित अस्पतालमा निधन भएको खबर सार्वजनिक भएपछि शोकमग्न भीड सडकमा उत्रिएको थियो । बङ्गलादेशको अपदस्थ नेतृत्वको पुरानो सहयोगी भारतलाई समर्थन गर्ने सञ्चारमाध्यमको कार्यालयलगायत कैयौँ भवनहरू तोडफोड गरिएको थियो।

भारतका कट्टर आलोचक हादीलाई गत साता राजधानी ढाकास्थित एक मस्जिदबाट निस्कने क्रममा बन्दुकधारीले गोली हानी गम्भीर घाइते बनाएका थिए । उनको उपचार स्वदेशमा सम्भव नभएपछि उपचारका लागि सिंगापुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

शुक्रबार ढाकामा प्रदर्शनकारी साजिद अल अदीबले एएफपीसँग भने, “हादीको हत्या गर्नेहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै मानिसहरू यहाँ भेला भएका छन्।” हत्याराहरू ‘हाल भारतमा रहेको’ दाबी २० वर्षीय छात्र अदीबले गर्नुभएको छ । नयाँ दिल्लीले भने यस सम्बन्धमा तत्काल कुनै टिप्पणी गरेको छैन।

“म सरकारलाई जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्न तत्काल र उचित कदम चाल्न आग्रह गर्दछु,” उनले भने । राष्ट्रिय झण्डा र आफ्नो आन्दोलनका मागसहितका प्लाकार्ड बोकेका अदीबसहितका हजारौँ प्रदर्शनकारीहरूले अर्को वर्ष हुने चुनावमा भाग लिन लागेका हादीको हत्यामा संलग्नहरूलाई समात्न माग गरिरहेका थिए।

शुक्रबार गाजीपुर, सिलेट र चट्टोग्राम शहरहरूमा पनि विरोध प्रदर्शन भएको थियो। बिहीबार अबेर आक्रोशित प्रदर्शनकारीले ढाकामा प्रमुख पत्रिका ‘प्रोथम आलो’ र डेली स्टारको कार्यालयसहित धेरै भवनहरूमा आगो लगाएका थिए ।

प्रकाशनहरूले छिमेकी भारतलाई समर्थन गरेको आरोप लगाएका छन् । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को विद्रोहपछि ढाकाबाट भागेर नयाँदिल्लीमा आश्रय लिएपछि ती प्रकाशन गृहले हसिनाको पक्षमा लेखेको आरोपमा उनीहरूलाई हसिना र भारत परस्तको संज्ञा दिँदै प्रकाशन गृहमाथि आक्रमण गरिएको हो ।

सङ्कटको अवस्था
डेली स्टारको समाचार कक्षमा फसेका कर्मचारीले भवन धुवाँले भरिएको बताउँदै सामाजिक सञ्जालमा लेखेको थिए । “मलाई अब सास फेर्न पनि निकै कठिन भइरहेको छ,” अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिनु र कर्मचारीहरूलाई उद्धार गर्नुअघि रिपोर्टर जाइमा इस्लामले फेसबुकमा लेखेका थिए ।

‘प्रोथम आलो’का कार्यकारी सम्पादक सज्जाद सरिफले सञ्चार गृहमाथिको आक्रमणलाई ‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति, असहमति र विचारको विविधतामाथिको आक्रमण’ भनेका छन् । नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका अधिकारीले शुक्रबार दुई पत्रिकाका सम्पादकहरूसँग कुरा गर्दै तोडफोडको निन्दा गरेका थिए ।

सरकारले नागरिकहरूलाई केही ‘सीमित तत्वहरू’ द्वारा गरिने सबै प्रकारका भीड र हिंसाको प्रतिरोध गर्न पनि नागरिकलाई आग्रह गरेको छ। “यो हाम्रो देशको इतिहासमा एक महत्वपूर्ण क्षण हो । हामी ऐतिहासिक लोकतान्त्रिक सङ्क्रमणकालमा छौँ,” एक सरकारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी अराजकतामा फस्टाउन र शान्तिलाई अस्वीकार गर्ने थोरै व्यक्तिहरूद्वारा लोकतान्त्रिक प्रक्रियालाई भत्किन दिन सक्दैनौँ र यस्ता गतिविधिलाई अनुमति दिनु हुँदैन।” सञ्चारकर्मीको सुरक्षार्थ गठन भएको एक समिति (कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स) ले अधिकारीहरूलाई ‘सञ्चारमाध्यम, तीनका प्रकाशन र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन’ आग्रह गरेको छ।

स्थानीय टेलिभिजनमा देखाइएको श्रव्यदृश्यअनुसार प्रदर्शनकारीहरूले बिहीबार एक प्रमुख राजमार्ग अवरुद्ध गरेका छन् भने एक पूर्वमन्त्रीको घरमा पनि आक्रमण गरेका छन् । हादीको मृत्यु हुनुअघि बुधबार हसिनालाई न्यायको सामना गर्न बङ्गलादेश फर्कन माग गर्दै प्रदर्शनकारीहरूले ढाकामा रहेको भारतीय उच्चायोगमा जुलुस निकालेका थिए।

विद्यार्थी विरोध समूह इन्किलाब मन्चका नेता हादी सन् २०२६ फेब्रुअरीको राष्ट्रिय चुनावमा संसदको सिटका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नुभएको थियो ।

बङ्गलादेशी प्रहरीले विद्यार्थी विद्रोहको नेतृत्वमा सरीक नेता हादीका हत्याराहरूको खोजी सुरु गरेको र दुई प्रमुख संदिग्धहरूको तस्बिर सार्वजनिक गरेको र उनीहरूलाई पक्राउ गर्ने सूचना दिनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।हादीको मृत्युपछि शोकमा शुक्रबार मस्जिदहरूमा विशेष प्रार्थना गरिएको थियो र शनिबार मारिएका विद्यार्थी नेताको सम्मानमा शोकको आधिकारिक दिन घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : १३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते