खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार « Khabarhub

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ ।

स्थानीयले शुक्रबार साँझ करिब ५ बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको थियो ।

टोलीले उक्त स्थानमा पुगेर जाँच गर्दा खिया लागेको अवस्थामा विभिन्न हातहतियार तथा गोलीगठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार बरामद गरिएका हातहतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट आन्दोलनकारीले लुटपाट गरी लगेका भनी अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ ।

बरामद सामग्रीमा म्यागजिनसहितका दुई थान इन्सास राइफल, म्यागजिन नभएको एक थान इन्सास राइफल, ३०३ बोरका १३४ राउण्ड, एसएलआरका पाँच राउण्ड, इन्सासको जङ्गी राउण्ड २० थान तथा गोली राख्ने बिन्दुली तीन थान रहेका छन् । बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा रीतपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ३३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते