सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश « Khabarhub

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्बभन्दा धेरै बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा छुट्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीसँग ५० लाख रुपैयाँ धरौटी मागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीविरुद्ध जिल्ला सरकरी वकिलको कार्यालयमार्फत् ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाएको थियो । यस्तोमा अदालतले उनलाई ५० लाख धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको हो ।

आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए । जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको थियो । तर सोमबार धरौटीको आदेशसँगै कास्की जस्तै काठमाडौंमा पनि छविललाई राहत मिलेको छ ।

गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका थिए ।

काठमाडौं जिल्ला अदालतमा ढिलोगरी हाजिर भएका जोशीको मुद्दामा वरिष्ठ अधिवक्तासहितले बहस गरेका थिए ।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरे । जाहेरवालाको तर्फबाट ५ जना सरकारी वकिल तथा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

यसअघि उनीसँगै कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० धरौटी बुझाएर छुटिसकेका छन् ।

तर रवि र छविविरुद्ध आइतबार जिल्ला अदातलमा रुपन्देहीमा अर्को मुद्दा दर्ता भइसकेको छ । रुपन्देहीमा रवि र छवि दुवैलाई सहकारी ठगी र संगठित अपराधमा प्रतिवादी बनाइएको छ । रविविरुद्ध ४ करोड भन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ३६ बजे

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका