सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश « Khabarhub

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्बभन्दा धेरै बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा छुट्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीसँग ५० लाख रुपैयाँ धरौटी मागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीविरुद्ध जिल्ला सरकरी वकिलको कार्यालयमार्फत् ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाएको थियो । यस्तोमा अदालतले उनलाई ५० लाख धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको हो ।

आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए । जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको थियो । तर सोमबार धरौटीको आदेशसँगै कास्की जस्तै काठमाडौंमा पनि छविललाई राहत मिलेको छ ।

गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका थिए ।

काठमाडौं जिल्ला अदालतमा ढिलोगरी हाजिर भएका जोशीको मुद्दामा वरिष्ठ अधिवक्तासहितले बहस गरेका थिए ।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरे । जाहेरवालाको तर्फबाट ५ जना सरकारी वकिल तथा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

यसअघि उनीसँगै कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० धरौटी बुझाएर छुटिसकेका छन् ।

तर रवि र छविविरुद्ध आइतबार जिल्ला अदातलमा रुपन्देहीमा अर्को मुद्दा दर्ता भइसकेको छ । रुपन्देहीमा रवि र छवि दुवैलाई सहकारी ठगी र संगठित अपराधमा प्रतिवादी बनाइएको छ । रविविरुद्ध ४ करोड भन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ३६ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३