कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता  « Khabarhub

कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता 


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था (कीन इण्डिया)ले १४५ जना नेपाली तथा भारतीय महिला तथा बालबालिका सहितको उद्धार गरी उनीहरू सबैलाई स्वदेश फिर्ती गरेको छ ।

आज दिल्लीस्थित किन इन्डियाको कार्यालयमा सम्पन्न बोर्डको बैठक पश्चात् प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाइएको हो । बैठकमा संस्थाका बोर्ड सदस्यहरू, नेपाल टिमका सदस्यहरू तथा साझेदार संस्थाका प्रतिनिधिहरू र शुभचिन्तकहरूको भर्चुअल उपस्थिति समेत  रहेको थियो ।

बैठकमा संस्थाद्वारा पछिल्लो एक वर्षमा गरिएका कामहरूको समीक्षा गर्नुका साथै आगामी दिनहरूमा गरिने कामहरूको योजना निर्माण गरिएको छ  भने संस्थाका निर्देशक नवीन जोशीले जानकारी गराए । 

संस्थाका नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार सन २०२४ मा नेपाल र भारतमा गरी २६ वटा घटनामा आरोपितहरू विरुद्ध मुद्दा दर्ता भएको छ । संस्थाले हाल, शुभ अवसर ग्राम नेपाल, शक्ति समूह लगायत संस्थासँगको सहकार्यमा काम गरिरहेको बताए ।

उद्धार तथा स्वदेश फिर्तीको क्रममा संस्थालाई सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकायहरू, नेपाली प्रहरी, साझेदारी संस्था तथा नेपाली राजदुतावास, भारतीय प्रहरी तथा भारत सरकारका विभिन्न निकायहरू र  प्रत्यक्ष -अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा संस्थाले धन्यवाद ज्ञापन गर्नुका साथै सहयोग र समन्वय अपेक्षा राखेको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : १५ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द