इन्स्टाग्राममा नयाँ फिचर्स, ३ मिनेटको रिल्समा इडिट सुविधा  « Khabarhub

इन्स्टाग्राममा नयाँ फिचर्स, ३ मिनेटको रिल्समा इडिट सुविधा 


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि धेरै नयाँ फिचर ल्याउने घोषणा गरेको छ । यी नयाँ परिवर्तनसँगै इन्स्टाग्राममा भिडियो सिर्जना गर्ने र हेर्ने अनुभव पहिले भन्दा राम्रो हुने अपेक्षा गरिएको छ । 

नयाँ फिचरको सहायताबाट अब इन्स्टाग्राम प्रयोगकर्ताले रमाइलो गर्न पहिलेभन्दा ठूला रिल्स बनाउन सक्ने भएका छन् ।  अब तपाईं इन्स्टाग्राममा ३ मिनेट लामा रील बनाउन सक्नुहुनेछ । यसअघि यो सीमा ९० सेकेन्ड थियो ।

यस बाहेक, पुन: डिजाइन गरिएको प्रोफाइल ग्रिड इन्स्टाग्राममा रोल आउट गरिनेछ । साथै; रिल टप रमा नयाँ सेक्सन देखिनेछ, जसले साथीहरूले मन पराएको भिडियो देखाउनेछ ।

यस सुविधा उपयोग गर्न सबैभन्दा पहिले इन्स्टाग्रामभित्रको प्रमुख एडम मोसेरीमा प्रयोगकर्ताले ३ मिनेट लामो रिलहरू अपलोड गर्न सक्नेछन् ।

प्रयोगकर्ताले ९० सेकेन्डको रिल लिमिट निकै कम भएको प्रतिक्रिया जनाएपछि कम्पनीले ३ मिनेटको रिल लिमिट घोषणा गरेको जनाएको हो । इन्स्टाग्रामबाट लामो भिडियो पोस्ट गर्ने सुविधा थियो, तर इन्स्टाग्रामले यसलाई रिलको रूपमा नभइ नियमित पोर्टको रूपमा स्थान दिएको थियो ।

इन्स्टाग्रामले प्रोफाइल ग्रिड विकल्पको पनि घोषणा गरेको छ, जसले तपाईँको भिडियो र पोस्टहरूको सामग्रीलाई वर्गाकारको साटो आयातकार फ्रेममा देखाउनेछ ।

कम्पनीका अनुसार इन्स्टाग्राममा भिडियोहरू ठाडो रूपमा पोस्ट हुन्छन्, जब कि स्क्वायर ग्रिडमा भिडियोहरू क्रप हुन्छन् । यस्तो अवस्थामा, इन्स्टाग्रामले पुन: डिजाइन गरिएको प्रोफाइल ग्रिडको घोषणा गरेको छ, ता कि तस्बिर र भिडियोका दृश्य नबिग्रियोस् ।

कम्पनीले यो सुविधा तत्काललाई केही छानिएका देशमा रोलआउट गर्ने जनाएको छ । यो फिचर अन्य देशमा पनि क्रमशः कार्यान्वयन हुने जनाइएको छ । -नवभारत टाइम्सबाट साभार

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ५९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक