अमेरिकी राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– स्वर्णयुग सुरु भयो, आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ « Khabarhub

अमेरिकी राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– स्वर्णयुग सुरु भयो, आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।

सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो सम्वोधनमा भने, ‘आजदेखि अमेरिकाको स्वर्ण युग सुरु भयो । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म साफसँग भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’

राष्ट्रपति ट्रम्पले अमेरिकाको सम्प्रभुता, सुरक्षा र न्यायको सन्तुलन कायम गरिने बताएका छन् ।

राष्ट्रपति बनेकै दिन उनले अमेरिका–मेक्सिको सीमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रम राखेर ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अख्तियार गर्ने अनुमानलाई बल प्रदान गरेका छन् ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकामा अबैधानिक रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने प्रक्रिया सुरु गरिने छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्दा उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका थिए ।

ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका थिए । सपथ समारोहका लागि दुई राष्ट्रपति क्यापिटल रोटुण्डा पुगेका थिए।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ३३ बजे

हावाहुरीले प्राधिकरणलाई तनाव, ठाउँ ठाउँमा रुख ढल्दा मुख्य प्रसारण लाइनमै क्षति

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४