प्रकृति लम्सालको अन्तिम संस्कार « Khabarhub

प्रकृति लम्सालको अन्तिम संस्कार


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । पार्थिव शरीरमा हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए । 

बुधबार रूपन्देही लाइएको उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएकाे थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।

२०६१  साल असार ४ गते भैरहवामा जन्मिएकी लम्साल गत आइतबार केआईआईटी छात्रावासमा झुण्डिएको अवस्था मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ९ : ०२ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति