ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प « Khabarhub

ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानाडा– क्यानाडाको ओटावास्थित नेपाली दूतावासद्वारा हालै ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरिएको छ ।

शिविर हिन्दु बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा नेपाली नागरिकहरू, विशेष गरी क्यानडाको ब्रिटिस कोलम्बिया, सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तहरूमा रहेका नेपाली विद्यार्थीहरूले राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गरिएको थियो ।

केही समयदेखि उक्त दूतावासले नेपाली समुदाय र विद्यार्थी रहेका प्रान्तहरूको नजिक शिविरमार्फत यस्तो सेवा प्रदान गर्दै आएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त दूतावासले भ्यानकुभरमा रहेका नेपाली उद्यमीहरूसँग पनि छलफल कार्यक्रम आयोजना गरेको छ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले उद्यमीहरूलाई आफ्नो विशिष्ट सीप, विशेषज्ञता र सम्भावनाहरूलाई मातृभूमिको समृद्धिको लागि पनि प्रयोग गर्न अनुरोध गरे ।

नेपाल सरकारले गरेका नीतिगत सुधारबारे जानकारी दिँदै उनले उद्यमीहरूलाई नेपाल र क्यानडाबीच व्यापार प्रवर्द्धन गर्न र नेपालमा प्रविधि र लगानी पुर्‍याउन आग्रह गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस