नागरिकलाई घरआँगनमै सेवा « Khabarhub

नागरिकलाई घरआँगनमै सेवा


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाल्पा– राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिकाको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ । आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन् ।

घुम्ती शिविरमार्फत गाउँमै सेवा पाउँदा धेरै सजिलो भएको रामपुर– ९ का स्थानीय राजन सुनारले बताए ।

‘सानो कामका लागि धेरै समय बिताउनुपर्ने, यातायात खर्च, कहिलेकाहीँ सोही दिन काम सम्पन्न नहुँदा अर्को दिन फेरि धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भने ।

हिउँदे अधिवेशनबाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जीकरण सेवा, व्यवसाय दर्ता तथा नवीकरण, कृषि तथा पशु सेवालगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परीक्षणसहित सेवा प्रवाह शिविरमार्फत भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितका अनुसार शिविरमा छ सय १० सेवाग्राहीले सेवा लिएका छन् । भविष्यमा पनि यस्ता शिविर सञ्चालन गरिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको