ईशानेश्वर महादेव मन्दिर परिसरस्थित गौरीकुण्ड ओझेलमा « Khabarhub

ईशानेश्वर महादेव मन्दिर परिसरस्थित गौरीकुण्ड ओझेलमा


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

करापुटार– करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित दश लाख रुपैयाँ बजेटमा पुननिर्माण गरिएको हो । 

गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित कुण्डको शुभारम्भ गर्दै प्रदेश सरकार ऐतिहासिक स्थलको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।  

इतिहासकारका अनुसार पार्वतीको दोस्रो नाम गौरीले अभिषेक गरेर महादेव उत्पन्न भएको स्थानमा सोही कुण्डको पानी लिएर जल अर्पण गरिएको हुनाले सो कुण्डको नाम गौरीकुण्ड रहेको किम्बदन्ती पाइन्छ । 

जहाँदेखि श्रद्धालु भक्तजनले श्राद्धलगायत पूजापाठको लागि शुद्ध पानी लिएर महादेव मन्दिरमा चढाउने गर्दछन् । सन्तान नभएका महिला तथा पुरुष दुवैले शिवरात्रिको अवसरमा बत्ती बाल्ने प्रचलन छ र सन्तान प्राप्ति हुने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ । 

 मध्यनेपाल नगरपालिका–७ का वडाध्यक्ष हीराबहादुर गुरुङले आर्थिक मामिलामन्त्री गुरुङलाई ईशानेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेका थिए । 

सन्तानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भारत बङ्गलादेश लगायतका हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहने जनाउँदै नजिकिँदै गरेको शिवरात्रि पर्वलाई मध्यानजर गर्दै भक्तजनलाई सजिलोका लागि गौरीकुण्डको निर्माण सम्पन्न गरिएको महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए । 
 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ५७ बजे

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह