पोखरा बेलुन विस्फोटमा घाइते मेयर आचार्य डिस्चार्ज  « Khabarhub

पोखरा बेलुन विस्फोटमा घाइते मेयर आचार्य डिस्चार्ज 


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । 

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा मञ्चमा बालिएको क्यान्डलको झिल्का लागेर बेलुनको झुप्पा पड्किँदा घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। 

उनीसँगै घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भने २ दिन अघि नै डिस्चार्ज भइसकेका छन् । आचार्यको पनि स्वास्थ्यमा थप समस्या नदेखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्राध्यापक डा. शंकरमान राईले जानकारी दिएका छन् । 

मेयर आचार्यले पनि आफू डिस्चार्ज भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी अस्पताल प्रशाशनपति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : १३ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल