लेबनानविरुद्ध साम्बाले दिलाइन् नेपाललाई अग्रता « Khabarhub

लेबनानविरुद्ध साम्बाले दिलाइन् नेपाललाई अग्रता


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ।

नेपालका लागि कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाको प्रहार गोलमा परिणत भएको हो ।

खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको हो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतारेका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ४९ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६