आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला « Khabarhub

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भने, “अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”

नेता डा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने, “सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए । ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : २१ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको