एसईई परीक्षा सुरु (तस्बिरहरू) « Khabarhub

एसईई परीक्षा सुरु (तस्बिरहरू)


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भइरहेको छ ।

यसवर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसईईमा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

परीक्षा यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा भइरहेको एसईई परीक्षा

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : २३ बजे

नेशनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीका १२ हाउभाउ (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि

नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई चिकित्सक नियुक्त 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सकलाई

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

खाँदबारी- कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

काठमाडौं– सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

ढाका- शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा