अर्थसंक्षेप : १५ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, नेप्सेले बनायो निराश र ऊर्जामन्त्री-कुलमान विवाद संसद्मा | Khabarhub Khabarhub

अर्थसंक्षेप : १५ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, नेप्सेले बनायो निराश र ऊर्जामन्त्री-कुलमान विवाद संसद्मा


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार १५ प्रतिशतले बढेको छ । यो साताका सबै दिन नेप्से परिसूचक घटेको छ ।

१२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुनसक्ने भन्दै आएको समाचारले आफूहरूलाई गम्भीर बनाएको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न एकजना प्रतिनिधिसभा सदस्यले माग गरेकी छन् ।

आजका आर्थिक समाचार :

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात

चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको भएको छ । यस्तो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको भएको थियो ।

साताभरी नै घट्यो नेप्से, आज १७५ कम्पनीको मूल्य घट्यो

आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ओरालो लागेसँगै यो साता पूरै नेप्से घट्न पुग्यो ।

आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा आएको छ । नेप्सेमा आएको गिरावटसँगै आज नेप्सेको पुँजीकरणमा पनि ०.४६ अंकले गिरावट आयो ।

सोयाबिनको कृत्रिम निर्यातको तथ्यांकले बढाइदियो निर्यातको ग्राफ

चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यातमा ५७.२० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा भने निर्यात वृद्धि भएर १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबर पुगेको छ ।

संसदमा ऊर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्न एकजना प्रतिनिधिसभा सदस्यले माग गरेकी छन् ।

आज संसदको शुन्य समयमा बोल्दै सांसद ज्ञानु बस्नेतले ऊर्जामन्त्री खड्काले लोडसेडिङको हल्ला फैलाएर जनतालाई आतंकित बनाएको र नेपाल विद्युत प्राधिकरण ध्वस्त बनाउन लागिपरेको भन्दै बर्खास्त गर्न माग गरेकी हुन् ।

लोडसेडिङ हुनसक्ने मन्त्री खड्काको अभिव्यक्तिप्रति उद्योग परिसङ्घको आपत्ति

१२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुनसक्ने भन्दै आएको समाचारले आफूहरूलाई गम्भीर बनाएको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले विगत ६-७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक नीतिका कारण धरासायी हुँदै आएको औद्योगिक क्षेत्र पुनः उर्जा मन्त्रालय र प्राधिकरणको कारणले थप धराशायी हुने स्थिति सिर्जना भएको भन्दै आपत्ति प्रकट गरेको हो ।

विराटनगरमा ढाका महोत्सव सुरु

कोशी प्रदेशका महिलाहरूले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ ।

महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे । सो क्रममा उनले पोसाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरूले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताए ।

लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो

नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङको अभिव्यक्तिले भ्रम फैल्याएको बताएका छन् । उनले यी दुईजनाको भनाइले जनतामा विरोधाभाष गराएको भन्दै संसदमा कुरा उठाएका हुन् ।

ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री खड्काले लोडसेडिङ सुरू भएको बताएलगत्तै प्राधिकरणका निर्देशक कुलमानले लोडसेडिङ नहुने जवाफ दिएपछि ठाकुरले यो विषय संसद्मा उठाएका हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ०१ बजे

पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु

तानसेन–पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : हरिवंश आचार्य

काठमाडौं – कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन

आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत १५ गते शुक्रबार चैत