भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु | Khabarhub Khabarhub

भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।

भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 

छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेख्नुभएको छ, ‘हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।’

बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् ।

दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलबारुद बरामद गरेको दावी गरेको छ ।

शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मोदी सरकार नक्सलवादीहरूविरुद्ध निर्मम दृष्टिकोणका साथ अगाडि बढिरहेको छ र आत्मसमर्पण नगर्ने नक्सलवादीहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाइरहेको छ।’

सन् १९६७ मा चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित सशस्त्र अभियान सुरु भएको क्षेत्रमा नक्सलवादी भनेर चिनिने विद्रोहीहरू लामो समयदेखि निरन्तर लड्दै आएका छन् । 

शाहले भारत सरकारले अर्को वर्षको मार्चको अन्त्यसम्ममा विद्रोहको अवशेषलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । गत वर्ष सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका थिए जसमध्ये अधिकांश छत्तीसगढमा रहेको सरकारी तथ्यांकले देखाएको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) का अनुसार यस वर्ष अहिलेसम्म ८० भन्दा बढी माओवादी मारिएका छन् ।
माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ ।

भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रवेश गरको उक्त आन्दोलनले सन् २००० को दशकको सुरुसम्म शक्ति र सङ्ख्यामा वृद्धि गरेको थियो तर पछिल्ला दुई  दशक यता यो आन्दोलन कमजोर देखिएको छ । सन् २००० पछि नयाँ दिल्लीले ‘रेड करिडोर’ नामाकरण गरेको उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ गरेको छ । 

यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन्। गत जनवरीमा सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : २५ बजे

रास्वपालाई एमालेको जवाफ- दलैपिच्छे सम्झौता गर्दैनौँ, माओवादीसँगको सहमतिअनुसार सदन चल्छ

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा

बाम्का बजार आगलागी घटना : पीडितलाई पर्यटन मन्त्रालयको साढे तीन लाख सहयोग

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका–६ को बाम्का बजारका आगलागी पीडितका लागि

पत्रकारले सोधे- संसद्‍मा बोल्न पाउनु भएन नि ? प्रधानमन्त्रीले भने- मजा लाग्यो ?

काठमाडौं- हरेक महिनाको पहिलो शुक्रबार सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष सवाल-जवाफ कार्यक्रम

हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रमा जारी गरेको निषेधाज्ञा

११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिना अवधिमा नेपालबाट सात अर्ब