डेथ ओभरमा सानदार बलिङ गरेको लखनउको नाटकीय जित | Khabarhub Khabarhub

डेथ ओभरमा सानदार बलिङ गरेको लखनउको नाटकीय जित


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो। अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन्।

३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो। साथै ७ विकेट सुरक्षित थियो। सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए। उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे। जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का प्रहार गरे।

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए। यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन्। उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए।

यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ। राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ।

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे। जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो। लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे। अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरे।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : २८ बजे

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त

छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र