डेथ ओभरमा सानदार बलिङ गरेको लखनउको नाटकीय जित « Khabarhub

डेथ ओभरमा सानदार बलिङ गरेको लखनउको नाटकीय जित


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो। अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन्।

३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो। साथै ७ विकेट सुरक्षित थियो। सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए। उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे। जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का प्रहार गरे।

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए। यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन्। उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए।

यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ। राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ।

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे। जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो। लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे। अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरे।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : २८ बजे

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

गण्डकी– पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज

डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ

काठमाडौं– भारतको सन्दर्भ जोड्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘ट्रम्पले दक्षिण

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५  गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको