संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह « Khabarhub

संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गरी शैक्षिक आन्दोलन उत्कर्षमा पुगेकाले  विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न विद्यालय बन्द गरी आन्दोलनमा आउन आह्वान गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल शिक्षक महासङ्घको आयोजनामा भइरहेको काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा छ । यस्तो बेला यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ । त्यसैले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।’

महासंघले आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।

यस्तै, यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा कुनै पनि हिसाबमा संलग्न नहुन समेत महासंघले अनुरोध गरेको छ ।

महासंघले आन्दोलनलाई साथ दिन सम्पूर्ण अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, गाउँ तथा नगरपालिका एवं सबै शैक्षिक सरोकार पक्षसँग पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ५४ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका